काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिँदै आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएका थापा र शर्माले जनताको विश्वास टुट्न नदिने अपेक्षा व्यक्त गरेका छन् ।
उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।
भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित सत्ता गठबन्धनको ‘म्युजिकल चेयर’बाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । साथै, सम्मानित र मर्यादित राजनीतिक संस्कृतिको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
उनले कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा समस्त कांग्रेसजनलाई पनि बधाई दिएका छन् ।