गजुरीमा भासिएको सडक मर्मत तीव्र, साँझसम्म पृथ्वी राजमार्ग खुलाउने लक्ष्य

काठमाडौं । धादिङको गजुरीनजिक गलौंदीमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलाउने काम तीव्र गतिमा अघि बढाइएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार आज साँझसम्म यातायात पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर सडक काट्ने तथा वैकल्पिक भाग तयार गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, पहिरोका कारण गएरातिदेखि अवरुद्ध बनेका बीपी र कान्ति राजमार्गको अवरोध हटाइएको छ । अवरोध हटेसँगै दुवै राजमार्गमा यातायात सञ्चालनमा आएको मन्त्रालयले जानकारी दिएको छ । 

Share News