बुढानीलकण्ठबाट २१ किलो सुनसहित तीन चिनियाँ नागरिक  पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बुढानीलकण्ठबाट २१.७५० ग्राम किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ गरेको छ ।

बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनसहित तीन चिनियाँ नागरिक पक्राउ गरेको हो । 

प्रहरीले विशेष सूचनाको आधारमा सुनसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थाको र १० किलो बढी प्रशोधन गर्ने तयारीमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दियो ।

प्रहरीले सुनसहित गाडीसमेत बरामद गरेको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार दैनिक ८ हजार रूपैयाँ तिरेर कार भाडामा लिएका थिए । उनीहरूले एयरपोर्टको कार रेन्टल कम्पनीबाट भाडामा लिएका हुन् ।

त्यसैगरी उनीहरूले ३ लाखमा ३० हजार रुपैयाँमा घर भाडामा लिएका थिए ।

प्रहरीले गाडीको जीपीएस ट्र्याक गर्ने तयारी गरिरहेको जनाएको छ ।

Share News