उखु किसानलाई १ अर्ब ५० करोड अनुदान बाँडिँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ । 

उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान वितरणका लागि आवश्यक कार्यविधि स्वीकृत गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जानकारी दिइन् ।

आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत जिल्लाका उखु किसानलाई वितरण गरिनेछ ।

उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने र अनुदान लक्षित किसानसम्म पु¥याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।

Share News