काठमाडौं । साताको चौंथो कारोबार दिन बिहीबार (आज) सेयर बजार सामान्य अंकले वृद्धि भएको छ ।
सेयर बजार परिसूचक २.३१ अंकले बढेर नेप्से २५७४.६५ विन्दुमा बन्द भएको हो ।
आज कारोबार पनि करिब चार अर्ब रुपैयाँको हाराहारीमा भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
लगानीकर्ताले कुल तीन अर्ब ९० करोडको कारोबार गरेका हुन् ।
सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको सेयर कारोबार भएको छ । यो कम्पनीको २६ करोडको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १४० वटाको सेयर मूल्य बढेको छ । १२७ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बिहीबार बढ्नेमा कुथेलीबुखरी हाइड्रो अगाडि छ । यो कम्पनीको सेयरमा १५ प्रतिशतको वृृद्धिसहित सकारात्मक सर्किट लागेको छ ।
घट्नेमा आरबीबी म्युचुअल फन्ड अगाडि छ । यसको सेयर मूल्य ८.०७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।