केबीएसएचले १८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड (केबीएसएच) ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेस गरिनेछ । 

साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

Share News