काठमाडौं । एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट तथा ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन् ।
एनसेल र ट्रान्क्विलिटी स्पाबीचको साझेदारीअन्तर्गत ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरिएको हो । रु ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन् । अर्थात्, दुई जनाले एक जनाको मूल्यमा यी सेवा लिन सक्नेछन् ।
त्यस्तै, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन् । यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले पनि विशेष छुट पाउनेछन् । युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत एकमुस्ट छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन् ।
साझेदारीसम्बन्धी सम्झौता एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै एक कार्यक्रमबीच आदानप्रदान गरेका थिए ।
अफरको लाभ लिन ग्राहकले एनसेल एप खोलेर ‘पार्टनर्ड सर्भिसहरू’ मा गई ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा लाभ रिडिम गर्न सक्नेछन् । एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा निर्धारण हुनेछ । योग्य नभएका ग्राहकले सम्बन्धित योग्य प्याक वा योजना खरिद गरी सुविधा लिन सक्नेछन् ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले साझेदारीले ग्राहकलाई कनेक्टिभिटीबाहेक अन्य क्षेत्रमा पनि थप मूल्य र सुविधा प्रदान गर्ने बताए ।
उनका अनुसार वेलनेस अनुभवलाई एनसेलको इकोसिस्टममा जोडेर ग्राहकका लागि थप सान्दर्भिक र पहुँचयोग्य लाभ उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
एनसेलले आफ्नो बढ्दो पार्टनर इकोसिस्टममार्फत ग्राहकलाई थप मूल्य र सुविधा प्रदान गर्ने निरन्तर प्रयासअन्तर्गत यो सहकार्य गरिएको जनाएको छ ।