युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार आज युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र अस्ट्रेलियन डलरको भाउ बढेको छ । क्यानेडियन डलरको भाउ भने घटेको छ ।

आज युरो एकको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा रहेको छ। अघिल्लो दिन युरोको खरिददर १७३ रुपैयाँ १ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा थियो।

त्यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा कायम भएको छ। अघिल्लो दिन यसको खरिददर २०३ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा थियो।

स्वीस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा तोकिएको छ। अघिल्लो दिन खरिददर १८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४२ पैसा थियो।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा पुगेको छ। अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा थियो।

क्यानेडियन डलर भने केही घटेको छ। आज यसको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा रहेको छ। अघिल्लो दिन खरिददर १०८ रुपैयाँ ४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा थियो।

सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा कायम भएको छ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ३ पैसा तोकिएको छ।

साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १३ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा रहेको छ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा तोकिएको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११ रुपैयाँ ५० पैसा कायम भएको छ।

स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २५ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा तोकिएको छ।

कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा कायम भएको छ।

ओमानी रियाल एकको खरिददर ३९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

Share News