काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त भएकी छन् ।
कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको ८९औँ बैठकले दाहाललाई सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व हुने गरी महिला सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम उनलाई महिला सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ ।