पहाडी जिल्लामा उडान प्रभावित, विमानस्थलमा यात्रु अलपत्र

फाइल तस्विर

काठमाडौं । वर्षाको कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । वर्षाका कारण भिजिविलिटी कम भएकाले उडान हुन नसकेको हो ।

पहाडी जिल्ला र लुक्लामा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहाडी जिल्ला, लुक्लामा उडान हुन सकेको छैन ।

पोखरा, भरतपुर, सुर्खेत लगायतका स्थानमा उडान हुन सकेको छैन । तराईका जिल्लामा उडान भइरहेको छ । 
बढी भिजिविलिटी चाहिने ठाउँमा उडान हुन नसकेको प्राधिकरणले जनाएको छ ।

बिहानैदेखि विमानस्थलमा पोखरा र भरतपुर जाने यात्रुहरू बसिरहेका छन् ।

Share News