काठमाडौं । आनन्द फाउन्डेसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा- भोटेकोशी क्षेत्रको राहत तथा पुनःस्थापना कार्यका लागि फाउन्डेसनले सहयोग गरेको हो ।
फाउन्डेसनले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई हस्तान्तरण गरेको छ। सहयोग रकम फाउन्डेसनका सदस्य तथा शुभेच्छुकहरूबाट सामूहिक रूपमा संकलन गरिएको फाउण्डेसनले जनाएको छ ।
आनन्द फाउन्डेसन नेपाल सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय विकासका क्षेत्रमा सक्रिय संस्था हो। फाउन्डेसनले विपद् प्रभावित समुदायलाई सहयोग गर्नुका साथै स्वास्थ्य, शिक्षा र सामाजिक विकाससम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आनन्द फाउन्डेसन नेपाल, नेपाल र नेपाली नागरिकको सेवामा निरन्तर समर्पित रहँदै आएको छ । फाउन्डेसनले आगामी दिनमा पनि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गरी राहत र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ ।