पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै वर्षा मापन

काठमाडौं । पछिल्लो २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा देशभरकै सबैभन्दा धेरै वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बल्ड्याङगढीमा १६१ मिलिमिटर वर्षा भएको हो ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बल्ड्याङगढीमा भने अन्य स्थानको तुलनामा उल्लेख्य रूपमा बढी वर्षा मापन भएको हो ।

वर्षाका कारण पहाडी तथा तराईका केही क्षेत्रमा आगामी ३ दिन बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । 

Share News