काठमाडौं । टेकुको प्लास्टिक गोदाममा आगलागी भएको छ ।
सोमबार (आज) साँझ काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लाष्टिक गोदाममा आगलागी भएको हो ।
आगलागी भएपछि दमकल, नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।