सुरु भयो यामाहा ‘ब्लू फेस्ट’, १० लाखसम्म क्यासब्याकको अवसर

काठमाडौं । यामाहाको ‘ब्लू फेस्ट–द बिगेस्ट एक्सचेन्ज मेला’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । असोज १० गतेसम्म सञ्चालन हुने मेलामा एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछन् ।

यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा सुरु भएको मेला ६ दिनसम्म चल्नेछ । उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, डिलर प्रतिनिधि तथा यामाहाप्रेमीहरूको सहभागिता रहेको थियो ।

मेलामा ग्राहकले यामाहाका विभिन्न स्कुटर तथा मोटरसाइकल अवलोकन र टेस्ट राइड गर्न सक्नेछन् । साथै, पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरेर नयाँ यामाहा खरिद गर्ने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

पुराना सवारीसाधनको मूल्यांकनका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटर परिचालन गरिएको छ । ‘चंगा चेट’ अभियानअन्तर्गत योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक पाउने अवसरसमेत रहेको कम्पनीले जनाएको छ ।

ग्राहकलाई सवारीसाधन खरिदमा सहजता प्रदान गर्न नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराइएको छ। यस्तै, ४० महिनासम्मको कम ईएमआई योजना पनि सञ्चालनमा रहेको छ ।

मेलामा टेस्ट राइडसँगै विभिन्न डोर प्राइज, निःशुल्क एसेसरिज तथा हाइटेक ग्याजेट जित्ने अवसर पनि रहेको छ । राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग भेटघाट तथा अन्तरक्रियाका कार्यक्रमसमेत आयोजना गरिने कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले ब्लू फेस्टमार्फत ग्राहकलाई पुरानो सवारीसाधन एक्सचेन्जदेखि नयाँ यामाहा खरिद गरी घर फर्किने अवस्थासम्मको प्रक्रिया सहज र लाभदायक बनाउने उद्देश्य रहेको बताए ।

यामाहा ‘ब्लू फेस्ट’ असोज १० गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

Share News