सोमबारदेखि यामाहा ब्लू फेस्ट,  १० लाखसम्मको क्यासब्याक अफर

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ आयोजना गर्ने भएको छ । ‘द बिगेस्ट एक्सचेन्ज मेला’ का रूपमा प्रस्तुत गरिएको ६ दिने फेस्टमा ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरमार्फत जुनसुकै ब्रान्डका पुराना दुईपांग्रे सवारीसाधनको बजारकै उत्कृष्ट मूल्यांकन गरिनेछ । 

मेलामा पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्ने उद्देश्यले ‘चंगा चेट’ अभियानसमेत सार्वजनिक गरिनेछ, जहाँ ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटरमा थप ५० हजार रुपैयाँसम्मको भ्यालुएसन पाउनेछन् । 

साथै, १० लाख रुपैयाँसम्मको क्यासब्याक अफरसहित नागरिकताको भरमा तत्काल फाइनान्सिङ सुविधा र ४० महिनासम्मको न्यूनतम ईएमआई योजनासमेत उपलब्ध गराइनेछ ।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले विश्वस्तरीय मापदण्डका सवारीसाधन नेपाली राइडरसम्म पुर्याउन र एक्सचेन्ज प्रक्रियालाई थप सहज एवं लाभदायक बनाउन यो मेला आयोजना गरिएको बताए ।

 खरिदका अतिरिक्त मेलामा रोमाञ्चक स्टन्ट शो, टेस्ट राइड, सेलिब्रेटी तथा क्रिएटरहरूसँग भेटघाट, कस्प्ले आर्टिस्टको प्रस्तुति र निःशुल्क एसेसरिजका साथै विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत रहनेछ ।

Share News