यी हुन् सेयर बजारका ठूला १० कम्पनी, हाइड्रोमा सोलु

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजार पुँजीकरणका आधारमा विशाल बजार कम्पनी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीमध्ये शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार भदौ मसान्तसम्ममा विशाल बजार कम्पनीको बजार पुँजीकरण १ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । 

यस्तै, बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) दोस्रो स्थानमा रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६० अर्ब २० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, नबिल बैंक लिमिटेड १ खर्ब ५१ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ बजार पुँजीकरणसहित तेस्रो स्थानमा रहेको छ ।

नागरिक लगानी कोष १ खर्ब १७ अर्ब ७४ करोड ३१ लाख रुपैयाँ बजार पुँजीकरणसहित चौथो स्थानमा रहेको छ भने नेपाल पुनर्बिमा कम्पनी लिमिटेड १ खर्ब १२ अर्ब ७४ करोड ६३ लाख रुपैयाँसहित पाँचौँ स्थानमा रहेको छ ।

एभरेस्ट बैंक लिमिटेडको बजार पुँजीकरण ९९ अर्ब ८२ करोड ३० लाख रुपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेड ९८ अर्ब ३३ करोड ८९ लाख रुपैयाँ बजार पुँजीकरण रहेको छ ।

नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार पुँजीकरण ६८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ रहेको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ६५ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सोलु हाइड्रोपावर लिमिटेड ६५ अर्ब ३० करोड रुपैयाँ बजार पुँजीकरणसहित शीर्ष १० कम्पनीको सूचीमा परेको छ ।

Share News