काठमाडौं । सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले सेवा समय विस्तार गरेको छ ।
२०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो ।
यसअघि उक्त सर्भिस सेन्टरले बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म मात्रै सेवा दिँदै आएको थियो ।
टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले समय थप गरिएको हो ।
ग्राहकको समय र व्यावसायिक सवारी सञ्चालनको आवश्यकतालाई ध्यानमा राख्दै सेवा अवधि रातिसम्म विस्तार गरिएको सिप्रदीले जनाएको छ ।
श्री जाल्पादेवी अटोवक्र्समा टाटा कमर्सियल भेहिकलका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, टाटा जेन्युइन स्पेयर पार्ट्स, दक्ष तथा प्रशिक्षित प्राविधिक र उच्चतम सुरक्षा मापदण्डअनुसारको सेवा उपलब्ध हुने जनाइएको छ ।