भन्सार नतिरेका एप्पलका एयरबड र मोबाइलसहित विभिन्न सामग्री जफत

काठमाडौं । दाङमा प्रहरीले मोबाइलका डिस्प्ले, एअरपडलगायतका सामान बरामद गरेको छ । शुक्रबार बिहान करिब १० बजे गढवा गाउँपालिका- १ कालाकाटेस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो।

चेकजाँचका क्रममा मोबाइलको डिस्प्ले ९ वटा बट्टामा १४४ पिस, एप्पल कम्पनीको एअरपड ४७ पिस, चार्जर चिप्स ७ पिस र मोबाइल कभर ३ पिस फेला परेको प्रहरीले जनाएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Share News