२२ कम्पनीको १९.२५ अर्ब लाभांश, साढे ६ अर्ब बोनसमा नगद कति ?

काठमाडौं । लगानीकर्ताले कम्पनीमा पैसा लगाउँदा प्रतिफलको अपेक्षा गरेका हुन्छन् । आर्थिक वर्ष सकिएसँगै उनीहरूको चासो हुन्छ- आफूले लगानी गरेको कम्पनीले यस वर्ष कति लाभांश देला ? त्यसमाथि आर्थिक वर्ष सकिएको केही महिनामै नेपालीहरूको प्रमुख पर्व दशैंतिहार आउने भएकाले चाडपर्वअघि नै आफूले लगानी गरेको कम्पनीले नाफाको हिस्सा सेयरधनीलाई बाँडोस् भन्ने अपेक्षा लगानीकर्ताको हुन्छ । चाडपर्वको खर्च व्यवस्थापनदेखि लगानीबाट प्रतिफल प्राप्त गर्ने अवस्थासम्म, दशैंतिहारअघि आउने लाभांशले लगानीकर्ताको चासो थप बढाउने गरेको छ ।

विशेषगरी पुँजी बजारमा सूचीकृत कम्पनीले घोषणा गर्ने लाभांशलाई लगानीकर्ताले नजिकबाट नियाल्ने गर्छन् । कुन कम्पनीले नगद लाभांश दिँदैछ, कुनले बोनस सेयर, लाभांशको दर कति छ, साधारणसभा कहिले हुँदैछ र बुक क्लोजको मिति कहिले हो- यस्ता विषय अहिले लगानीकर्ताको प्राथमिकतामा छन् ।

उपलब्ध विवरणअनुसार हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २२ कम्पनीले सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट यी २२ कम्पनीले आफ्ना सेयरधनीलाई कुल १९ अर्ब २५ करोड ८१ लाख रुपैयाँ लाभांश वितरण गर्ने भएका छन् । यसमध्ये ६ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको बोनस सेयर र १२ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ नगद लाभांश रहेको छ ।

लाभांश प्रस्ताव गर्नेमा वाणिज्य बैंकदेखि विकास बैंक, फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधनलगायत क्षेत्रका कम्पनी छन् । केही कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् भने केहीले नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल दिने प्रस्ताव गरेका छन् । कतिपय कम्पनीले भने बोनस सेयर र नगद दुवैलाई समेटेर लाभांश प्रस्ताव गरेका छन् ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशतका दरले ६८ करोड ६० लाख ६८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशतका दरले १ अर्ब ३७ करोड २१ लाख ३७ हजार रुपैयाँ नगद लाभांश गरी कुल १५ प्रतिशत अर्थात् २ अर्ब ५ करोड ८२ लाख ६ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । 

लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे ३२औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशतका दरले १ अर्ब ५२ करोड ४६ लाख ३४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले २ अर्ब २८ करोड ६९ लाख ५१ हजार रुपैयाँ नगद लाभांश गरी कुल १० प्रतिशत अर्थात् ३ अर्ब ८१ करोड १५ लाख ८५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न बैंकले असोज १६ गते नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बिहान ९ बजे २०औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न बैंकले असोज १२ गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी काठमाडौंमा बिहान ११ बजे २२औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लोसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँको ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि ३ प्रतिशतका दरले ३६ करोड २५ लाख ८६ हजार रुपैयाँ नगद गरी कुल ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३२ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँको ५ प्रतिशतका दरले १ अर्ब ३५ करोड २८ लाख ४९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका १०.८० प्रतिशतका दरले २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ नगद गरी कुल ४ अर्ब २७ करोड ५० लाख ५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २२ गते बिहान साढे ९ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा ४२औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ५.२६ प्रतिशतका दरले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको छ । बुधबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको ४ प्रतिशतका दरले १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६.५२ प्रतिशतका दरले २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत अर्थात् ३९ करोड ३० लाख ५९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज २२ गते बिहान १० बजे एलिस रिसेप्सन गैरीधारा काठमाडौंमा २२औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । 

गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँको १० प्रतिशतका दरले ६० करोड २१ लाख ३४ हजार रुपैयाँ बोनस सेयर र करसहित १० प्रतिशतका दरले ६० करोड २१ लाख ३४ हजार रुपैयाँ नगद लाभांश गरी कुल २० प्रतिशत अर्थात् १ अर्ब २० करोड ४२ लाख ६९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले २०औँ वार्षिक साधारण सभा असोज २६ गते पोखरा, कास्कीमा बिहान साढे १० बजे बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार रुपैयाँको ६ प्रतिशतका दरले ३० करोड १३ लाख १८ हजार रुपैयाँ बोनस सेयर र करसहित १० प्रतिशतका दरले ५० करोड २१ लाख ९७ हजार रुपैयाँ नगद लाभांश गरी कुल १६ प्रतिशत अर्थात् ८० करोड ३५ लाख १५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

आईसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको करसहित १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

nullकालिञ्चोक दर्शनले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६३ करोड रुपैयाँको ८.५ प्रतिशतका दरले ५ करोड ३५ लाख ५० हजार रुपैयाँ बोनस सेयर र करसहित ०.४४ प्रतिशतका दरले २८ लाख १८ हजार रुपैयाँ नगद लाभांश गरी कुल ८.९४ प्रतिशत अर्थात् ५ करोड ६३ लाख ६८ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १६ गते बिहान ११ः३० बजे भक्तपुरस्थित जर्मन होम्स होटलमा १२औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

स्नो रिभर्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतका दरले ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले ४९ लाख ३४ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत अर्थात् ९ करोड ८६ लाख ८४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते बिहान साढे ८ बजे काठमाडौंस्थित लिसरा रिसेप्सन्समा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले ३४ करोड ७२ लाख ८७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल १५.७८ प्रतिशत अर्थात् ३६ करोड ५५ लाख ६५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते बिहान ११ काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा १७औँ वार्षिक साधारण सभा बोलाएको छ । 

माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको करसहित १२ प्रतिशतका दरले १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । भदौ १८ गते सम्पन्न सभाले उक्त लाभांश पारित गरिसकेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ४ लाख ३ हजार रुपैयाँको ५ प्रतिशतका दरले २० करोड २० लाख २९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले १ करोड ६ लाख २६ हजार रुपैयाँ नगद गरी कुल ५.२६  प्रतिशत अर्थात् २१ करोड २६ लाख ४६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २७ गते बिहान १० बजे काठमाडौंस्थित होटल क्रिस्टलमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

युनाइटेड इदी-मार्दी एण्ड आर.बी. हाइड्रोपावरीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४८ करोड ३८ लाख ६५ हजार रुपैयाँको ५ प्रतिशतका दरले २ करोड ४१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले १२ लाख ७३ हजार रुपैयाँ नगद गरी कुल ५.२६  प्रतिशत अर्थात् २ करोड ५४ लाख ६६ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको करसहित ३० प्रतिशतका दरले ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ३२औँ वार्षिक साधारण सभा असोज २२ गते अनुपम फुड ल्यान्ड एन्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौंमा बिहान ९ बजे बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ८ करोड ७५ लाख ५६ हजार रुपैयाँको १५ प्रतिशतका दरले १ करोड ३१ लाख ३३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ६.०५ प्रतिशतका दरले ५२ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात् १ करोड ८४ लाख ३३ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १९ गते बिहान साढे ११ बजे ललितपुरस्थित द प्लाजामा ३५औँ वार्षिक साधारण सभा बोलाएको छ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज असोज ५ गतेदेखि असोज १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ५ गतेको अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ करोड ४० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ६.०५ प्रतिशतका दरले ५२ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात् १ करोड ८४ लाख ३३ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । 

Share News