रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

फाइल तस्बिर ।

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल गर्न भोलि (बुधबार) शीर्ष राजनीतिक नेतृत्वको सर्वदलीय बैठक बस्ने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढिरहेका बेला विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन राजनीतिक तहबाटै समन्वय र पहल आवश्यक रहेको भन्दै रास्वपाले सर्वदलीय बैठक बोलाएको हो ।

रास्वपाका अनुसार बैठकमा शीर्ष राजनीतिक नेतृत्वको सहभागिता रहनेछ ।

Share News