काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कै व्यक्तिको प्रवेश पास प्रयोग गरी प्रवेश गर्न खोज्ने एक व्यक्ति नियन्त्रणमा परेका छन्।
मंगलबार विमानस्थल सुरक्षा जाँचका क्रममा नागरिक उड्डयन प्राधिकरणबाट जारी भएको शशी थापाको प्रवेश पास लिएर विमानस्थलभित्र प्रवेश गर्न खोज्ने प्रशान्त जिसी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार जिसीले प्रवेश पास नम्बर ०६४१६ प्रयोग गरी विमानस्थलभित्र प्रवेश गर्न खोजेका थिए। शंका लागेपछि उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको टर्मिनल ड्युटी अधिकृतको कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
जिसी कीर्तिपुर नगरपालिका–६ का रहेको प्रहरीले उल्लेख गरेको छ ।