बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो  ।

आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ६६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।  
 

Share News