२३७ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार २३७ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

शुक्रबार ३४५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३६ करोढ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लिबर्टी इनर्जीको भएको छ । लिबर्टीको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड, रिलाइन्स स्पिीनिङको १४ करोड र सोलु हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

नेप्सेमा सबै उपसूचक हरियाली भएका छन् । बैंकिङदेखि बीमा, होटल, जलविद्युत र व्यापार समूहसम्म सबै क्षेत्रको सूचक बढेसँगै बजारमा सकारात्मक माहोल देखिएको हो ।

शुक्रबारको कारोबारमा जलविद्युत समूह सबैभन्दा धेरै १.८३ प्रतिशत ले बढ्दै ३५४१.७९ अंकमा पुगेको छ । त्यस्तै निर्जीवन बीमा समूह १.७२ प्रतिशत र लगानी समूह १.५८ प्रतिशतले उकालो लागेको छ ।

व्यापार समूह १.४० प्रतिशत, विकास बैंक समूह १.०५ प्रतिशत, जीवन बीमा समूह ०.९७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.९६ प्रतिशतले वृद्धि भएका छन् ।

यस्तै लघुवित्त समूह ०.८९ प्रतिशत, बैंकिङ समूह ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशत, वित्त समूह ०.४६ प्रतिशत, अन्य समूह ०.४२ प्रतिशत र म्युचुअल फन्ड समूह ०.०९ प्रतिशतले बढेका छन् ।

Share News