युनाइटेड इदी मर्दी हाइड्रोका सेयरधनीले ५.२६ प्रतिशत सेयर पाउने

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो ।

प्रस्तावअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बराबर २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत बराबर १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

उक्त लाभांश प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।  

Share News