काठमाडौं । बाढी ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरोले काम गर्न थालेको छ । एफबीआईका फरेन्सिक विशेषज्ञहरूले बाढीबाट ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्।
एफबीआईका विशेषज्ञहरूले आफ्नो विशेष फरेन्सिक तथा मानवीय विशेषज्ञता प्रयोग गर्दै नेपाल प्रहरीलाई सहयोग गर्दै आएका छन् ।
एफबीआईको सहयोगबाट बाढीमा परी ज्यान गुमाएका अमेरिकी नागरिकसहित सबै पीडितको पहिचान गर्ने अमेरिकी दूतावासले जनाएको छ। उनीहरूका परिवारलाई आफन्तको अवस्थाबारे यथार्थ जानकारी उपलब्ध गराउन सहयोग गर्ने दूतावासले जनाएको छ ।
बाढी प्रभावित क्षेत्र २ सय किलोमिटरभन्दा लामो रहेकाले भौगोलिक क्षेत्रमा बेपत्ता तथा मृतकको पहिचान गर्न समस्या भइरहेको छ दूतावासले उल्लेख गरेको छ ।
बेपत्ता भएका शवको पहिचान गर्नुपर्ने भएकाले सावधानीपूर्वक, व्यवस्थित र वैज्ञानिक ढंगले अघि प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था रहेको एफबीआईले जनाएको दूतावासले बताएको छ ।
पीडितको पहिचान कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न एफबीआईले नेपाल सरकार तथा नेपाली अधिकारीहरूसँग विभिन्न तहमा समन्वय गरिरहेको दूतावासले जनाएको छ ।
दूतावासले खोज तथा उद्धारका कार्य जारी रहँदा अमेरिका आफ्ना नागरिकका बेपत्ता आफन्तको खोजीमा सहयोग गर्न तथा नेपाललाई आवश्यक मानवीय सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।