चौधरी, ढकाल, श्रेष्ठ र गोल्यानसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको हो ।

छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् ।

मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित हुने जनाइएको छ।

त्यस्तै, निजी क्षेत्रले भोगिरहेका व्यावसायिक तथा लगानीसम्बन्धी समस्या पहिचान गरी त्यसको समाधानका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक समन्वय तथा सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ ।

Share News