पटका लुकाएर राखेको अवस्थामा कपाली पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाइछिपाइ राखिएको विस्फोटक पदार्थ (पटका) सहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१८ भुरुङखेल बस्दै आएका ३६ वर्षीय सुजन कपाली पक्राउ परेका हुन् ।

उनको कोठाबाट विभिन्न प्रकारका पटका लुकाइछिपाइ राखिएको अवस्थामा पटाका फेला परेको थियो।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार सोमबार साँझ करिब ५ बजे भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटका लुकाइछिपाइ राखेर बिक्री वितरण भइरहेको भन्ने सूचना प्राप्त भएको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगेर चेकजाँच गर्दा कपालीको कोठाबाट विभिन्न प्रकारका पटका राखिएको अवस्थामा फेला पारेको थियो।

प्रहरीले बरामद पटका सहित कपालीलाई नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरमा ल्याएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

null

Share News