काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार (आज) दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
राष्ट्रपति पौडेलले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयका सूचना अधिकृत अर्चना खड्काले जानकारी दिइन् ।
उनको सम्बोधन नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।