मृतकको संख्या  १ हजार ३ सय ४९ पुग्यो, ५ हजार बढी बेपत्ता

 

काठमाडौ । भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म १ हजार ३३१ जनाको शव फेलापरेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १९ गते बिहान ११ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढीपहिरोमा परी रसुवामा १६३, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२० र चितवनमा ३६२ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

यस्तै, विभिन्न जिल्लाबाट करिब ४ हजार १९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । रसुवा र नुवाकोटमा मात्रै ठूलो संख्यामा नेपाली नागरिक सम्पर्कविहीन रहेको तथा विदेशी नागरिक र सुरक्षाकर्मीरकर्मचारीसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

विपद्मा परेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । हालसम्म १३ हजार ९०४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरी बलले ४ हजार ६७४ जनाको उद्धार गरेका छन् । उद्धारका क्रममा नेपाली सेनाले हेलिकप्टरमार्फत १७३ पटक उडान गरेको छ भने काठमाडौंका विभिन्न क्षेत्रबाट निजी क्षेत्रमार्फत पनि १२९ वटा उडान भएको विवरणमा उल्लेख छ । उद्धार गरिएका विदेशी नागरिकको संख्या ३०४ रहेको छ ।

बाढीपहिरोबाट घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनामार्फत ३ हजार २९७ जना तथा सशस्त्र प्रहरीबाट २ हजार ४६२ जनाले स्वास्थ्य उपचार पाएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टरमा ३ हजार ६५२ जना राखिएको प्राधिकरणले जनाएको छ। सुरक्षातर्फ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सरकारले रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ, धादिङमा ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

त्यस्तै, काठमाडौंस्थित विभिन्न स्थानबाट ५३ ट्रक र ३८ बोलेरोमार्फत प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैरखाद्य सामग्री पठाइएको छ । हेलिकप्टरमार्फत पनि राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा इन्धन आपूर्तिलाई समेत प्राथमिकता दिइएको छ । 

हाल डिजेल ४७ हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको विवरणमा उल्लेख छ ।

Share News