सिवाईसी नेपाल लघुवित्तका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले लिए शपथ

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपालकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शर्माले भदौ १७ गते बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति थियो ।

यसअघि अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि संस्थापक समूहअन्तर्गतको सञ्चालक पद रिक्त भएको थियो । उक्त पदमा गोपालकुमार शर्मालाई नियुक्त गरिएको थियो ।

त्यसपछि संस्थाको सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष शर्मा लामो समय शिक्षण पेसामा आबद्ध भएर अवकाश प्राप्त व्यक्ति हुन् । उनले शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् ।

शपथ ग्रहणसँगै शर्माले सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको नेतृत्व सम्हालेका छन् ।

Share News