राहत र पुनर्स्थापना लागि प्राप्त हुने सामग्रीमा सतप्रतिशत कर छुट

काठमाडौं । सरकारले विपद् व्यवस्थापन, खोज, उद्धार, राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका लागि वैदेशिक अनुदान स्वरूप प्राप्त हुने वस्तुगत सहायतामा पूर्ण रूपमा कर तथा भन्सार महसुल छुट दिने निर्णय गरेको छ ।  अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त व्यवस्था लागू गरेको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रालयको सिफारिसमा मित्रराष्ट्र, दातृ निकाय तथा अन्य सङ्घ–संस्थाहरूबाट नेपाल सरकारलाई अनुदान स्वरूप नब्बे दिनभित्र (९० दिन) प्राप्त हुने वस्तुगत सहायता स्वीकार गरिनेछ । 

त्यस्ता विपद् सम्बन्धी सामग्रीहरूको पैठारी (आयात) गर्दा लाग्ने सम्पूर्ण कर तथा भन्सार महसुलमा पूर्ण छुट प्रदान गरिने जनाइएको छ ।  गृह मन्त्रालयले महसुल छुटका लागि सिफारिस गर्दा ल्याइने वस्तु तथा सामग्रीहरूको स्पष्ट विवरण खुलाउनु पर्ने सर्त समेत राजपत्रको सूचनामा उल्लेख छ ।  

यस निर्णयले विपद्को समयमा अन्तर्राष्ट्रिय निकाय तथा दातृराष्ट्रहरूबाट प्राप्त हुने राहत र उद्धारका सामग्रीहरू छिटो–छरितो रूपमा भन्सारबाट छुटाई प्रभावित क्षेत्रसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 
 

Share News