काठमाडौं । पशुपति क्षेत्र विकास कोषले रसुवामा आएको बाढीपहिरोका कारण मृत्यु भएकाहरूको दाहसंस्कार तथा कृयापुत्रीसम्बन्धी सम्पूर्ण व्यवस्था निःशुल्क गर्ने भएको छ ।
विपद्का कारण ज्यान गुमाएका मृतकका परिवारजनलाई आवश्यक सहजीकरण गर्दै धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्त्येष्टि गर्न व्यवस्था गरिएको कोषले जनाएको छ ।
बाढीपहिरोमा परी आफन्त गुमाएका परिवारलाई अन्त्येष्टिका क्रममा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले दाहसंस्कार र कृयापुत्रीसम्बन्धी लाग्ने सम्पूर्ण शुल्क छुट गरिएको हो ।