केरुङ बाढीमा ९८ नेपाली बेपत्ता, चीनले नेपाललाई पठायो नामावली

काठमाडौं । चीनको सीमाक्षेत्र केरुङमा आएको बाढीपछि ९८ जना नेपाली नागरिक बेपत्ता भएको पुष्टि भएको छ । चिनियाँ पक्षले बेपत्ता नेपाली नागरिकको विवरणसहितको सूची नेपाललाई पठाएको हो ।

चीनले उपलब्ध गराएको सूचीअनुसार बेपत्ता हुनेमा ८१ जना पुरुष र १७ जना महिला रहेका छन् ।

बाढीपछि केरुङ क्षेत्रमा रहेका नेपालीको अवस्थाबारे अन्योल भइरहेका बेला चिनियाँ पक्षले नेपाली नागरिकसमेत बेपत्ता भएको पुष्टि गर्दै उनीहरूको सूची नेपाललाई उपलब्ध गराएको हो ।

nullnullnull
 

Share News