२ हजार ४९८ जना अझै सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि हालसम्म ७ सय ३४ ज्यान गएको छ । 

परराष्ट्र मन्त्रालयले आइतबार (आज) दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । 

प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृतबहादुर राईले २  हजार ४ सय ९८ जना सम्पर्कविहीन रहेको बताए । 

उनका अनुसार हालसम्म ८ सय ८१ जनाको बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ । 

उद्धार गरिएकामध्ये २ सय ६१ जना विदेशी नागरिक रहेको उनले जानकारी दिए ।

उनले ४ सयभन्दा बढी विदेशी पर्यकटहरु अझै पनि सम्पर्कविही अवस्थामा रहेको समेत जानकारी दिए । 

सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमातासहित परिचालित रहेको बताए । 

उनले बाढी प्रभावित नागरिकको विवरण परराष्ट्र मन्त्रालय, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट हेर्न सकिने समेत बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सुरक्षा निकायसहितको सहकार्यमा बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाहरूमा खोज, उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिए । 

सचिव राईले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरुले मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको पनि बताए । 

उनले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमरजेन्सी कन्ट्रल रुममार्फत सम्पर्कविहीन भएका नागरिकका परिवार सम्बन्धीत देशका नियोगहरूसँग निरन्तर रूपमा सम्पर्क गरिरहेको समेत जानकारी दिए ।

उनले हालसम्म भारत, चीन, युएई लगायतका देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको बताए । 

सचिव राईले यसबीच प्रधानमन्त्री बालेन्द्र साह र परराष्टमन्त्री शिशिर खनालले विभिन्न छिमेकी देशका समकक्षीहरूसँग फोनवार्ता गरेको समेत जानकारी दिए । 

Share News