वैकल्पिक सडक सञ्चालनमा, धादिङबेसी पुनः सडक सञ्जालमा जोडियो

काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । वैकल्पिक सडक सञ्चालनमा आएसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ ।

परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टारस्थित ह्याम्लेट रेष्टुरेन्टसम्म जोडिने सडक सञ्चालनमा आएको हो ।

गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूली नदीमाथिको पुल बगाएपछि सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो ।

पुल बगाएपछि धादिङबेसी आवतजावतका लागि वैकल्पिक मार्ग खोजिएको थियो । वैकल्पिक सडक सञ्चालनमा आएपछि धादिङबेसीसँगको सडक सम्पर्क पुनःस्थापित भएको हो ।

Share News