काठमाडौं । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूलाई उद्धार गर्न चिनियाँ र भारत सैनिक टोली सिधै जाने भएका छन् ।
रसुवा लगायतका केही ठाउँका सुरुङमा फसेका कामदारलाई उद्धार गर्न भारतीय र चिनिया सैनिक टोली प्रभावित क्षेत्रमा पुग्ने भएका हुन् ।
नेपाली सेनाका एक उच्च अधिकारीले अहिले दुवै मुलुकका सेनाहरू सुरुङमा फसेकालाई उद्धार गर्न आइपुग्ने कुरा छ । केही समयमा उच्च दक्ष प्राप्त सीप हासिल गरेका सैनिकहरू आइपुग्ने जानकारी प्राप्त भएको छ । चिनिया र भारतीय सैनिकका टोलीहरू आएपछि सुरुङमा फसेका कामदारलाई उद्धार गरिनेछ ।
बुधबार बिहान आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेका नेपाली र विदेशी कामदारलाई उद्धार गर्न छिमेकी मुलुकबाट सुरक्षाकर्मी आउने भएका हुन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका स्थानमा क्षति गरेको छ । हालसम्म विभिन्न जिल्लाका मानिसहरूको शवहरू नदी किनारामा ६ सय बढी भेटिएका छन् ।
घाइतेहरूको काठमाडौं लगायत नुवाकोट र रसुवामा उपचार भइरहेको छ ।