सय किलोको दुई वटा ड्रोनबाट सुरुङमार्गमा फसेका कामदारलाई हेर्दैछौः अध्यक्ष तामाङ

फाइल तस्विर

काठमाडौं । रसुवाको हाइड्रोपावर भित्रको सुरुङमा फसेका कामदारलाई निकाल्न दुई वटा ड्रोन प्रयोग गरिने भएको छ । सय किलोको ड्रोन प्रयोग सुरुङमार्गको कामदारलाई उद्धार गर्न लागिएको हो ।

गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सुरुङमार्गमा फसेका कामदारलाई उद्धार गर्न ड्रोन प्रयोग गर्न लागिएको जानकारी दिए । सुरुङबाट निकालेर हेलिकोप्टरबाट उद्धार गर्न लागिएको उनले बताए ।

सुरुङ भित्र फसेका कामदारको उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ ।

‘रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ  । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।‘

त्यसैगरी, रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो रहेको उनको दाबी छ । 'सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ,’ उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन ।'

 

Share News