काठमाडौं । बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुट्ने दुई जना पक्राउ परेका छन् ।
बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विकासन्युजलाई जानकारी दिए ।
उनका अनुसार अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका– १ घर भई हाल भरतपुर महानगरपालिका– १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका– ५ चाँदबेला घर भई भरतपुर– २ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।
दुवै जनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताए ।
दुई जनाले रसुवाबाट बगाएर ल्याएको शवको सुन निकालेका थिए ।