काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रधानमन्त्री राहत कोषमा एक महिनाको पेन्सन रकम जम्मा गरेका छन् ।
उनले कोषमा ४८ हजार ५५ रुपैयाँ जम्मा गरेको सार्वजनिक गरेका छन् । खापुङ नेपाल प्रहरीको महानिरीक्षक पदमा ७१ दिन बहाल रहेका थिए ।
बुधबार बिहान रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो । बाढीले नुवाकोट, रसुवा, धादिङ र गोर्खामा असर गरेको थियो ।
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।
खापुङ ३० वर्षे सेवा अवधिका कारण २०८२ कात्तिकमा प्रहरी सेवाबाट विदा भएका थिए ।