काठमाडौं । रसुवाको बाढीमा परे घाइते भएका १३ जनालाई उपचार गर्न काठमाडौं ल्याइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाले बाढीमा घाइते भएकाले काठमाडौंका विभिन्न अस्पतालमा ल्याएर उपचार थालिएको जानकारी दिए ।
उनका अनुसार घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा राखेर उपचार थालिएको छ । तीन जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनालाई त्रिवि शिक्षणमा राखेर उपचार सुरू भएको छ ।

