फुर्केखोला पुल बाढीले बगायो, धादिङबेँसी–राष्ट्रिय राजमार्ग सम्पर्क विच्छेद

काठमाडौं । तिब्बतबाट आएको बाढीले धादिङको फुर्केखोलामा रहेको पुल बगाएको छ । पुल बगेसँगै धादिङ सदरमुकाम धादिङबेँसीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडक सम्पर्क प्रभावित भएको छ।

स्थानीय राजकुमार सेढाईका अनुसार बुधबार आएको बाढीले फुर्केखोलाको पुल पूर्णरूपमा बगाएको हो । 

पुलको छेउमै होटल व्यवसाय सञ्चालन गर्दै आएका सेढाईको घरसमेत बाढीले बगाएको उनले जानकारी दिए ।

अचानक आएको बाढीले पुलसहित आसपासका संरचनामा क्षति पुर्याएको हो 

पुल बगाएपछि धादिङबेँसीबाट राष्ट्रिय राजमार्गतर्फ हुने आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।

बाढीका कारण फुर्केखोला आसपासको सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ। घटनापछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन र प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम अघि बढाएका छन्।

बाढीका कारण पुल बग्दा धादिङबेँसीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वपूर्ण सडकमा यातायात प्रभावित भएको छ। थप क्षतिको विवरण भने संकलन भइरहेको छ।

Share News