काठमाडौं । रसुवामा नेपाली सेनाले १२ जनाको उद्धार गरेको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत स्याप्रुबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरेर जम्मा १२ जना जनालाई उद्धार गरेको हो ।
नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सेनाले बताएको छ ।
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा असर गरिरहेको छ ।