प्रतिनिधिसभाको बैठक स्थगित, अब भदौ १० गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा एक दिनपछि सरेको छ । भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारणले निर्धारित मिति र समयमा बस्न नसक्ने भएपछि भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको मिति र समय परिवर्तन गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

Share News