बेपत्ता २ वर्षीया बालिका सकुशल फेला

रौतहट । कलैयाबाट हिजो (शनिबार देखि बेपत्ता भएकी बालिका आज सकुशल फेला परेकी छिन् । रातभरको खोजीपछि बालिका सकुशल फेला परेकी हुन् । 

कलैया उपमहानगरपालिका–१ कट्टीपर्साबाट हिजो साँझ ५ बजदेखि बेपत्ता भएकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

सडक किनाराको नालामा रोइरहेकी अवस्थामा स्थानीय एक महिलाले फेला पारेर बालिकाको उद्धार गरेकी थिईन् । पछि प्रहरीको समन्वयमा बालिकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 


 

Share News