१० प्रतिशत बोनस सेयरपछि मन्दु हाइड्रोपावरको मूल्य समायोजन

काठमाडौं । मन्दु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ।

कम्पनीले घोषणा गरेको १० प्रतिशत बोनस सेयरलाई समायोजन गरी नेप्सेले कम्पनीको सेयर मूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम गरेको हो ।

बोनस सेयर वितरणपछि मूल्य समायोजन गरिएको हो। अब समायोजित मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार हुनेछ ।

Share News