प्रधानमन्त्री शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जनकवि श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले श्रेष्ठका चर्चित रचनाका पंक्ति स्मरण गर्दै लेखेका छन्, ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल । मेची–काली सिँगै ढिको, साझा हाम्रो ज्यान नेपाल। फुलको आँखामा फुलै संसार ।’

प्रधानमन्त्री शाहले भौतिक रूपमा श्रेष्ठ आफूहरूमाझ नरहे पनि उनले देखाएको बाटो, सिर्जना र विचार सधैँ जीवित रहने बताएका छन् ।

उनले श्रेष्ठले देखाएको मार्गमा निरन्तर हिँडिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गरेका छन् ।

Share News