सुनको मूल्य प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ । चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला चार हजार ७७० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

Share News