कालीमाटीमा सबैभन्दा महँगो तरकारी पार्सले, किलोको १ हजार ४५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार तरकारीको मूल्यमा वस्तुअनुसार उल्लेख्य फरक देखिएको छ ।

कालीमाटी बजारमा ठूलो गोलभेडा (नेपाली) को औसत थोक मूल्य प्रतिकिलो ७१ रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेडाको औसत मूल्य ७५ रुपैयाँ छ । स्थानीय सानो गोलभेडाको औसत मूल्य ३५ रुपैयाँ र टनेलको सानो गोलभेडाको ५२ रुपैयाँ ५० पैसा रहेको छ ।

आलुतर्फ रातो आलु (लाम्चाे) को औसत मूल्य ४९ रुपैयाँ ६७ पैसा, रातो आलु (गाेलाे) र (मुडे) को ५० रुपैयाँ ८३ पैसा तथा भारतीय रातो आलुको ३८ रुपैयाँ ५० पैसा रहेको समितिले जनाएको छ । सेतो आलुको औसत मूल्य ३६ रुपैयाँ छ ।

प्याजको औसत थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । स्थानीय गाजरको ११० रुपैयाँ र तराईको गाजरको ७५ रुपैयाँ औसत मूल्य निर्धारण भएको छ ।

तरकारीमध्ये स्थानीय काउलीको औसत मूल्य ९५ रुपैयाँ, रातो मुलाको २५ रुपैयाँ, तने बोडीको ८२ रुपैयाँ ५० पैसा, भटमासको ११२ रुपैयाँ ५० पैसा, तिते करेलाको ४५ रुपैयाँ र लौकाको ५५ रुपैयाँ रहेको छ ।

यस्तै, स्थानीय परवरको औसत मूल्य ६४ रुपैयाँ, तराईको परवरको ६१ रुपैयाँ ६७ पैसा, घिरौलाको २५ रुपैयाँ, चिचिन्डोको २५ रुपैयाँ र फर्सीको ५५ रुपैयाँ रहेको छ ।

फलफूलतर्फ स्याउ (फुजी) को औसत मूल्य प्रतिकिलो २९० रुपैयाँ, नेपाली केराको २७५ रुपैयाँ, मालभोग केराको १९० रुपैयाँ र कागतीको २२५ रुपैयाँ रहेको छ । अनारको औसत मूल्य ३२५ रुपैयाँ तथा आँप (मालदह) को २६५ रुपैयाँ रहेको छ ।

कालीमाटी बजारमा सबैभन्दा महँगो वस्तुमध्ये पार्सलेको औसत मूल्य प्रतिकिलो १ हजार ४५० रुपैयाँ रहेको छ । सिताके च्याउको औसत मूल्य ९०० रुपैयाँ, डल्ले च्याउको ५०८ रुपैयाँ ३३ पैसा र सुकेको खुर्सानीको ५२५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ ।

यस्तै, किवीको औसत मूल्य ३७५ रुपैयाँ, एभोकाडोको ४५० रुपैयाँ, ड्रागन फ्रुट (नेपाली) को ४५० रुपैयाँ र अदुवाको २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।

समितिले बजारको माग र आपूर्ति अवस्थाका आधारमा मूल्य निर्धारण हुने जनाएको छ ।

Share News