काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन् ।
दुवैजना आइतबार साँझ काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले धेरै विदेशी मुद्रा ल्याएकाले पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार जम्मा ५ हजार डलरसम्म मात्र ल्याउन पाइन्छ । ५ हजारभन्दा धेरै रकम देखिएकाले उनीहरू पक्राउ परेका हुन् ।
उनले केहीबेरमा यसबारे जानकारी दिए पनि बताए ।
प्रहरीले दुवै कर्मचारीको विवरण भने खुलाएको छैन ।