बैंकिङ कसुर मुद्दामा फरार अधिकारी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रहेका फरार एक जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी ४० वर्षीय तुलप्रसाद अधिकारी पक्राउ परेका हुन् ।

जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भएको छ । फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका- ९ काँडाघारीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।
 

Share News